सामुदायिक लघुवित्तको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन

0
Shares

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन रहेको छ ।

लघुवित्तले साधारण सभा प्रयोजनको लागि असार १४ गते बुकक्लोज तोकेको छ । बुकक्लोज अनुसार असार १३ गते बुधबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र लाभांश पाउन र साधारण सभामा प्रतिनिधित्व गर्न सक्नेछन् ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले असार २२ गते धुलिखेल लज रिसोर्ट धुलिखेल ३ नयाँ गाउँमार्ग काभ्रेपलाञ्चोकमा बिहान ११ बजे नवौ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

लाभांशका अतिरिक्त सभाले बिपिडब्लु लघुवित्तसँग मर्जर गर्ने, सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक सेयरधनीतर्फबाट प्रतिनिधित्व गर्ने चार जना र सर्वसाधारण सेयरधनीतर्फको २ गरी कुल ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।