सुर्योदय वोमीको संस्थापक सेयर बिक्रीमा


सुर्योदय वोमी लघुवित्त वित्तिय संस्था लिमिटेडले ९७ हजार २९७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले पाँच जना संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

लघुवित्तको सेयरमा सर्वसाधारणले भने आवेदन दिन पाउने छैनन् । संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता दिनुपर्ने नेपाल राष्ट्र बैंकको नियम अनुसार उक्त सेयरमा संस्थापकलाई नै पहिलो प्राथमिकता दिइएको हो ।

उक्त सेयरमा संस्थापक सेयरधनीले आज असार १४ गतेदेखि ३५ दिनभित्र आवेदन दिन पाउने छन् । सेयर आवेदन दिँदा के कति कित्ता खरिद गर्ने हो सोको अंक र अक्षरमा स्पष्ट पार्न आग्रह गरेको छ ।

इच्छुक आवेदकले संस्थाको वित्तिय कार्यालय महालक्ष्मी ०४, ललितपुरमा सम्पर्क गर्न सक्ने छन् । ३५ दिनभित्र संस्थापक सेयरधनीबाट आवेदन नआएमा अन्य व्यक्ति संस्था वा कम्पनीलाई आवेदन खुलाइने लघुवित्तले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।