जुम्लाबाहेक कर्णालीका ९ जिल्लामा शुक्रबार सार्वजनिक बिदा

0
Shares

कर्णाली प्रदेश सरकारले जुम्ला बाहेक यहाँका नौ जिल्लामा शुक्रबार सार्वजनिक बिदा दिएको छ ।

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले विसं २०७९ चैत २९ को मन्त्रिपरिषद् बैठकले राष्ट्रिय धान दिवसका अवसरमा जुम्ला बाहेक ९ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरे अनुसार सूचना सार्वजनिक गरिएको बताए । उनका अनुसार शुक्रबार ९ जिल्लाका सरकारी तथा गैरसरकारी निकायमा सार्वजनिक बिदा हुनेछ ।

कर्णाली सरकारले जुम्लामा बर्सेनि चैत १२ गते धान दिवस मनाउने गरी सार्वजनिक बिदा दिएको छ । त्यस दिनमा कर्णालीका नौ जिल्लाबाहेक जुम्लामा मात्र सरकारी तथा गैरसरकारी निकाय बन्द हुने गर्दछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।