अपि पावरको हकप्रदमा सेयर मूल्य समायोजन

0
Shares

अपि पावर कम्पनी लिमिटेडको ४० प्रतिशत हकप्रदमा सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कम्पनीको हकप्रदमा सेयर मूल्य समायोजन भएको हो ।

हकप्रद समायोजनपछि प्रतिकित्ता कम्पनीको प्रतिकित्ता सेयरमूल्य १९२ रुपैयाँ १४ पैसा निर्धारण गरेको छ । आज अपि पावरको सेयर प्रतिकित्ता २२९ रुपैयाँमा अन्तिम पटक खरिद बिक्री भएको थियो ।

कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ असार २२ गते शुक्रबार बुकक्लोज मिति तोकेको छ । जसअनुसार बिहीबारसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीको हकप्रद भर्न पाउनेछन् । आइतबारपछि समायोजित मूल्यमा सेयर खरिद गर्नेले भने हकप्रद भर्न पाउनेछैनन् ।

अपिले चुक्ता पुँजीको १ः०.४ अनुपातमा १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँ बराबरको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद जारी गर्नेछ ।

अपि पावरलाई नेपाल धितोपत्र बोर्डले गत असार ६ गते हकप्रद सेयर जारी गर्ने अनुमति दिएको थियो ।

कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।