सुनचाँदी सोमबार कतिमा हुँदैछ कारोबार ?

0
Shares

छापावाला सुनको भाउ सोमबार तोलाको १ लाख ११ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ स्थीर रहेको छ । अर्थात आइतबारकै भाउमा सोमबार पनि स्थानीय बजारमा सुनको कारोबार भएको छ ।

साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ ७०० रुपैयाँले बढेर छापावाला सुन १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार भने तोलामा १०० रुपैयाँले घटेर १ लाख १० हजार ६०० मा कारोबार भएको थियो ।

यस्तै आज तेजावी सुनको भाउ पनिस्थीर रहँदै १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सोही भाउमा कारोबार भएको तेजावी सुन शुक्रबार भने तोलाको १ लाख १० हजार ५० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

सोमबार चाँदीको भाउ पनि स्थीर रहँदै १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजोको पनि सोही भाउमा कारोबार भएको थियो । शुक्रबार चाँदी हिजो चाँदी १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा महासङ्घले नेपालमा सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार १९२५ दशमलव ८९ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २३ दशमलव ०९ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।