घोराही सिमेन्टको आईपीओमा ३.६८ गुणा बढी आवेदन

0
Shares

घोराही सिमेन्ट इन्डष्ट्रिजले प्रिमियममा जारी गरेको सेयरमा ३.६८ गुणा बढी आवेदन परेको छ । कम्पनीले सर्वसाधारणबाट ६९ लाख ११ हजार ६७० कित्ता सेयर खरिदका लागि माग गरेकोमा अन्तिम दिन सोमबारसम्ममा २ करोड ५४ लाख २० हजार ३२० कित्ताको माग परेको हो ।

केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) का अनुसार सोमबार साँझ पाँच बजेसम्ममा ६ लाख ७३ हजार ८३९ वटा आवेदन मार्फत ११ अर्ब ५ करोड ७८ लाख ३९ हजार २०० रुपैयाँ बराबरको सेयर खरिदका लागि माग आवेदन परेको हो ।

घोराहीले सर्वसाधारणमा अंकित मूल्य एक सय रुपैयाँमा प्रतिकित्ता ३३५ रुपैयाँ थप गरी ४३५ रुपैयाँको दरले सेयर बिक्री खुला गरेको थियो । सुरुमै फर्जी आवेदनका कारण असार ४ गते नेपाल धितोपत्र बोर्डले स्थगित गरेको आईपीओ बोर्डले अनुसन्त्रानलाई निरन्तरता दिँदै खुला गर्न अनुमति दिएसँगै पुनः असार २२ गते शुक्रबारदेखि २५ गते सोमबारसम्म खुला गरिएको हो । बोर्डको निदेृशन अनुरुप निष्कासनकर्ता कम्पनीले यसबीचमा शुक्रबार र आइतबार यसअघि आवेदन दिएका लगानीकर्तालाई आवेदन फिर्ताको समेत समय दिएको थियो ।

सम्बन्धीत अन्य समाचारहरू:-

घोराहीको आईपीओ आवेदन फिर्ता गर्ने समय अपुग, बोर्डले दिएको अवधिमा विदा समेट्दा विरोध

घोराही सिमेन्टको आईपीओ आवेदन फिर्ता लिन बैंकमै पुगेर आइतबारभित्र लिखित निवेदन दिनुपर्ने

घोराही सिमेन्टको आइपीओ प्रकरणमा संघईद्वारा एनआईसी एशिया बैंकको गलत प्रयोग

घोराही सिमेन्टको आइपीओ आवेदन फिर्ता गर्न ३ दिनको समय

धितोपत्र बोर्डको कमजोरीले घोराही सिमेण्टमा सर्वसाधारणको ४ अर्ब बन्धक

निष्काशन भईरहेको आईपीओ पहिलो पटक स्थगित, घोराही सिमेन्टको रेटिङमा कैफियत

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।