कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणलाई खुल्याे

0
Shares

कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीले आज असार २६ गते मंगलबारदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशनमा खुला गरेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीलाई बाँडफाँडपछि दोस्रो चरणमा सर्वसाधारणमा सेयर बिक्री खुला गरको हो ।

कम्पनीले वैदेशिक रोजागरीमा रहेका, कर्मचारी र म्युचुअल फन्डलाई छुट्टाएर बाँकी रहेको १ करोड १ लाख १५ हजार १०० रुपैयाँ बराबरको १ लाख १ हजार १५१ कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँका दरले सर्वसाधरणमा बिक्री खुला भएको हो । आईपीओमा असार २९ गते शुक्रबारसम्म आवेदन दिन सकिनेछ । इच्छुक लगानीकर्ताले कम्पनीको आईपीओमा न्यूनतम १० देखि १० अंकले भाग जाने संख्यामा अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओमा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको मेरो सेयर मोबाइल एप तथा वेवसाइट मार्फट अनलाइन माध्यमबाट आवेदन दिन सकिनेछ । यस्तै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट फारम भरेर समेत आईपीओमा आवेदन दिन सकिनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभूतिकर्तामा सनराईज क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले जारी पूँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको २० प्रतिशत अर्थात २ लाख ४३ हजार ७३५ कित्ता सार्वजनिक निष्कासनका लागि अनुमति पाएको थियो । जसमध्ये जारी पुँजीको १० प्रतिशतले हुन आउने १ लाख २१ हजार ८६८कित्ता सेयर आयोजना प्रभावित क्षेत्र दोलखाका स्थानीय बासिन्दाहरुलाई बाँडफाँड भैसकेको छ ।

यस्तै सर्वसाधारणका लागि निष्कासन हुने कुल १ लाख २१ हजार ८६७ कित्ता सेयरमध्ये १० प्रतिशतले हुन आउने १२ हजार १८६ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँड गरिसकेको भैसकेको छ । यस्तै ५ प्रतिशतले हुन आउने ६ हजार ९३ कित्ता सामुहिक लगानी कोषका लागि र २ प्रतिशतले हुन आउने २ हजार ४७३ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी सेयर सर्वसाधारणमा बिक्री खुला गरेको हो ।

कम्पनीले आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपाल लिमिटेडले कम्पनीलाई ‘ईक्रा एनपी आईआर त्रिपल बी इस्युअर रेटिङ्ग’ प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त संस्थाहरु समयमै वित्तीय दायित्व बहन गर्ने क्षमताका सम्बन्धमा मध्यम जोमिखमा रहेको संकेत गर्दछ । रेटिङ्गको अवधि एक वर्ष अर्थात २०८० कार्तिक २४ गतेसम्म कायम रहनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।