समाज लघुवित्तको असार ३१ गतेदेखि सेयर कारोबार फुकुवा हुने

0
Shares

समाज लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेन्जले मर्जर प्रयोजनका लागि रोक्का गरेको सेयर कारोबार असार ३१ गते आइतबारदेखि फुकुवा गरेको हो ।

नेप्सेले कम्पनीलाई आधारभूत सेयरधनीहरु बाहेक अन्य सेयरधनीहरुको विसं २०८०असार ३१ देखि दोस्रो बजारमा नियमित कारोबार हुनेगरि कारोबार फुकुवा गरेको जनाएको छ ।

लघुवित्तको कारोबार रोक्का रहेको करिब ३ वर्षपछि दोस्रो बजारमा कारोबार हुने भएको हो। लघुवित्तको नेप्सेमा २ लाख कित्ता साधारण सेयर सूचीकृत छ । समाज लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गरे लगत्त मर्जरमा गएपछि सेयर कारोबार रोक्का भएको थियो ।

समाज लघुवित्त वित्तीय संस्था र स्वस्तिक लघुवित्त वित्तीय संस्थाबीच २०७७ असोज ५ मर्जरको सम्झौता भएको थियो । २०७७ फागुन २० गते गाभ्नेरगाभिने सैद्धान्तिक सहमति समेत भएको थियो । पछि समाज लघुवित्तले विशेष साधारणसभाबाट स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जर प्रक्रिया बहुमतले अस्वीकृत गरेको थियो । त्यसयता लघुवित्तको सेयर कारोबार बन्द अवस्थामा नै रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।