दश हजारले पाउने कुथेली बुखरीको आईपीओमा ११ लाख ९ हजार बढी आवेदन

0
Shares

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम हुँदा १० हजार ११५ जनाले गोलाप्रथाबाट सेयर पाउने कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको आईपीओमा अन्तिम दिनसम्ममा ११ लाख ९ हजार ६२ वटा आवेदन परेको छ ।

न्यून संख्यामा सेयर जारी गरेको कम्पनीको सेयरमा माग उच्च परेको कारण कम्पनीको आईपीओ १०९ जना आवेदकमध्ये १ जनालेम ात्र सेयर हात पार्नेछन् ।

सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार असार २६ देखि असार २९ गतेसम्म निष्काशन गरेको आईपीओमा ११ लाख ९ हजार ६२ वटा आवेदन मार्फत १ अर्ब १८ करोड ९८ लाख ३९ हजार रुपैयाँ बराबरको १ करोड १८ लाख ९८ हजार ३९० कित्ताको माग गर्दै आवेदन परेको हो । जुन सर्वसाधारणबाट माग भएको १ लाख १ हजार १५१ कित्ताको ११७.६३ गुणा हुन आउँछ ।

कम्पनीले यसअघि नै आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुलाई १ लाख २१ हजार ८६८ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि १२ हजार १८६ कित्ता सेयर बाँडफाँड गरिसकेको छ । यस्तै जारी सेयरमा सामुहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात ६ हजार ९३ कित्ता कित्ता र कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि २ प्रतिशत अर्थात २ हजार ४३७ कित्ता सुरक्षित गरिएको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभूतिकर्तामा सनराईज क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपाल लिमिटेडले कम्पनीलाई ‘ईक्रा एनपी आईआर त्रिपल बी इस्युअर रेटिङ्ग’ प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त संस्थाहरु समयमै वित्तीय दायित्व बहन गर्ने क्षमताका सम्बन्धमा मध्यम जोमिखमा रहेको संकेत गर्दछ । रेटिङ्गको अवधि एक वर्ष अर्थात २०८० कार्तिक २४ गतेसम्म कायम रहनेछ ।

कम्पनीले प्रवद्र्धन गरिरहेको ९९८ किलोवाटको सुष्पा बुखरी खोला साना जलविद्युत आयोजनाको कुल अनुमानित लागत २४ करोड ७५ लाख ५७ हजार ३३१ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २४ करोड ८० लाख ५३ हजार ४३७ रुपैयाँ रहेको छ ।

आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.३७ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि २०.१० वर्ष रहेको छ। आयोजनाले २०७१ जेठ ५ गते विद्युत उत्पादन अनुमति पाएको थियो । २ करोड ४३ लाख ६७ हजार ५०० रुपैयाँ बराबरको आईपीओ बिक्रीपछि कम्पनीको चुक्ता पुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।