प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षले लिइन् सपथ

0
Shares

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका नव नियुक्त अध्यक्ष शिक्षा भट्टचनको नेपाल बीमा प्राधिकरणमा सपथ ग्रहण भएको छ ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले प्राधिकरण कार्यालयमा आज वहाँलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

प्रभु महालक्ष्मी लाइफको साउन १ गते साँझ सञ्चालक उमेश लाल श्रेष्ठको अध्यक्षतामा बसेको पहिलो बैठकले शिक्षा भट्टचनलाई सर्वसम्मतिले अध्यक्षमा मनोनयन गरेको थियो । अमेरिकाबाट साइवर सेक्यूरिटिमा स्नातकोत्तर गरेकी अध्यक्ष भट्टचन प्रभु ग्रुप अन्तर्गत विभिन्न कम्पनीको उच्च तहमा वसि अनुभव हासिल गरेकी छिन् ।

असार २९ गतेबाट एकीकृत कारोबार प्रारम्भ गरेको प्रभु महालक्ष्मी लाइफको सात सदस्यिय सञ्चालक समिति रहेको छ । अध्यक्ष भट्टचन लगायत सञ्चालकहरुमा उमेशलाल श्रेष्ठ, सुरेश सापकोटा, शंकर गौतम, ज्योती शेरचन र सुसन शेरचन रहनु भएको छ । स्वतन्त्र सञ्चालक मनोनयन हुन बाँकी छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।