आरएसडिसी लघुवित्तको गत आवमा प्रगति औसत

0
Shares

थोक लघुवित्त सेवा प्रदायक आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा औसत प्रगति गरेको वित्तीय विवरण बुधबार प्रकाशित भएको छ ।

कम्पनीले खुद ब्याज आम्दानी १९.२१ प्रतिशतले बढाएको छ भने खुद नाफा ५.७१ प्रतिशतले वृद्धि भएको छ । गत आवमा लघुवित्तको निक्षेप तथा सापटी २५.३७ तथा कर्जा लगानी २४.४४ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले ११ करोड १६ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा १० करोड ५६ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको खुद ब्याज आम्दानी १९.२१ प्रतिशत बढेर २८ करोड ४९ लाख ५२ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा १७।०६ प्रतिशत बढेर १५ करोड ९२ लाख ९४ हजार रुपैयाँ कमाएको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको चुक्ता पुँजी ८ प्रतिशत बढेर ८६ करोड ९५ लाख ६८ हजार र जगेडा तथा कोष १२.०७ प्रतिशत बढेर २० करोड ३९ लाख ६४ हजार रुपैयाँ पुगेको छ ।

असारसम्म लघुवित्तले ५ अर्ब ८२ करोड ६२ लाख रुपैयाँ सापटी लिएर ६ अर्ब ७२ करोड १७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । लघुवित्तको निष्क्रिय कर्जा ०.४९ बाट बढेर १.२२ प्रतिशत पुगेका छ । यसले गत आवमा ७ करोड १८ लाख रहेको लघुवित्तको इम्पेरमेन्ट चार्ज ९ करोड ९९ लाख रुपैयाँ पुगेको छ ।

पुँजी वृद्धिभन्दा नाफा वृद्धि न्यून हुँदा प्रति सेयर आम्दानी भने घटेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा १३ रुपैयाँ १२ पैसा रहेको लघुवित्तको यस्तो आम्दानी गत आवमा ८ पैसा घटेर १२ रुपैयाँ ८४ पैसामा झरेको छ। लघुवित्तको प्रति सेयर नेटवर्थ १२३ रुपैयाँ ४६ पैसा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७९९ रुपैयाँ र पीई रेसियो ४७.९५ गुणा छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।