सुन चाँदीको भाउ बिहीबार पनि बढ्यो

0
Shares

सुन चाँदीको भाउ साउन ४ गते बिहीबार पनि बढेको छ । बिहीबार सुन तोलाको ५०० रुपैयाँ र चाँदी ५ रुपैयाँले वृद्धि भएको हो । यसअघि बुधबार सुन तोलाको ६०० तथा चाँदीको भाउ १० रुपैयाँले बढेको थियो । मंगलबार पनि सुन तोलाको ३०० रूपैयाँले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ५०० रूपैयाँले बढेर छापावाला सुनको भाउ १ लाख १३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुनको भाउ पनि तोलामा ५०० रूपैयाँले बढेर १ लाख १३ हजार ५० रुपैयाँ पुगेको छ । बुधबार तोलामा ६०० रुपैयाँले बढेर छापावाला सुन १ लाख १३ हजार १०० र तेजावी सुन १ लाख १२ हजार ५५० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यस्तै बुधबारको तुलनामा बिहीबार ५ रुपैयाँले बढेर चाँदी प्रतितोला १ हजार ४९५ रुपैयाँमा खरिद बिक्री भैरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ४८० मा कारोबार भएको थियो । चालु आर्थिक वर्ष यता दिनमा सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा स्थानीय बजारमा सुन–चाँदीको मूल्य तोक्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १९८० दशमलव ७८ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २५ दशमलव १६ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।