धितोपत्र बोर्डले दियो थप ११ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स

0
Shares

नेपाल धितोपत्र बोर्डले थप ११ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको छ । बोर्डको साउन ४ गतेको निर्णयानुसार तीकम्पनीलाई लाइसेन्स दिएको हो ।

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ को व्यवस्था बमोजिम पूर्वाधार तयार गरी बोर्डमा जानकारी गराएका कम्पनीलाई लाइसेन्स दिइएको बोर्डले जनाएको छ ।

बोर्डले मिल्की वे सेयर ब्रोकर कम्पनी (महाराजगञ्ज, काठमाडौं), क्यापिटल हब प्रालि (अनामनगर, काठमाडौं), आकाश भैरव सेक्यूरिटिज (ललितपुर) , पाही इन्भेष्टमेन्ट प्रालि (गोकर्णेश्वर– काठमाडौं), एस.पी.एस.ए. सेक्यूरिटिज (बानेश्वर, काठमाडौं) लाई लाइसेन्स दिएको हो ।

यस्तै, बोर्डले एन.एम.बि सेक्यूरिटिज प्रालि (नक्साल, काठमाडौं), सानिमा सेक्यूरिटिज (नक्साल, काठमाडौं), स्टक्स्कार्टस् सेक्यूरिटिज (कामनपा,२९), इन्दिरा सेक्यूरिटिज (सुन्धारा, काठमाडौं), ब्लू चिप सेक्यूरिटिज (कामनपा,२९) र गरिमा सेयक्यूरिटिज (कामनपा,१५) लाई बोक्रर लाइलेन्स दिएको हो ।

बोर्डले सिमित कार्य गर्ने कम्पनीलाई लाइसेन्स दिएको जनाएको छ । हालसम्म ब्रोकर लाइसेन्स पाउने कम्पनीको संख्या २९ पुगेको छ ।

ब्रोकर लाइसेन्सका लागि आवेदन दिएका मध्य ४३ कम्पनीहरुलाई आशयपत्र प्रदान गरेको थियो। जसमा १८ ब्रोकर कम्पनीहरुलाई लाइसेन्स प्रदान गरी सकेकोमा जसमध्ये ७ ब्रोकरले नेप्सेबाट सदस्यता अनुमति पाएर कारोबार समेत सुरु गरी सकेका छन् ।

बोर्डले थप ११ लाई बोर्डले लाइसेन्स दिएसँगै अब १४ कम्पनीहरुले लाइसेन्स पाउन बाँकी रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।