एनआईसी एशिया बैंक र फुडमान्डुबीच डिजिटल भुक्तानी तथा छुट सम्झौता


एन आई सी एशिया बैंक र फुडमान्डु प्रा. लि. बीच एन आई सी एशिया बैंकले उपलब्ध गराएको विभिन्न डिजिटल प्रविधिमार्फत् भुक्तानी संकलन गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार कुनै पनि बैंकका ग्राहकले फुडमान्डुबाट खानेकुरा अर्डर गर्दा कार्ड तथा मोबाइल बैकिङ्ग प्रयोग गरी भुक्तानी गर्न सक्ने छन् ।

सम्झौतापत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र फुडमान्डुको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निदान श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौतासँगै सीमित अवधिका लागि एन आई सी एशिया बैंक लगायत अन्य विभिन्न बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले फुडमान्डुबाट खानेकुरा अर्डर गरीे क्यु आर कोडमार्फत् भुक्तानी गर्दा २५% वा अधिकतम् ४०० रुपैंयासम्म छुट पाउने छन् ।