नेपालीले ३ अर्बको विदेशी रक्सी पिउँदा सरकारले उठायो ४ अर्ब

0
Shares

गत आर्थिक वर्षमा नेपालीले ३ अर्ब रुपैयाँ बराबरको विदेशी रक्सी पिउँदा सरकारले चार अर्ब राजश्व संकलन गरेको छ । भन्सार विभागका अनुसार एक वर्षमा नेपालमा ३३ लाख लिटर विदेशी रक्सी आयात भएको छ ।

गत आवमा रक्सीको आयात आधा भन्दा धेरैले घटेको भएपनि भन्सार शुल्कमा भने खासै कमी आएको छैन । अघिल्लो आवको तुलनामा आधा भन्दा धेरैले रक्सी आयात घट्दा भन्सार शुल्क भने एक अर्ब ५१ करोड रुपौयँले मात्र कमी भएको हो ।

अघिल्लो आव २०७८/०७९ मा ६७ लाख ७८ हजार लिटर रक्सी आयात भएको थियो । उक्त रक्सीको आयात गत आवमा घटेर ३३ लाख ५६ हजार एक सय ६१ लिटरमा सिमित भएको छ ।

अघिल्लो आवमा सरकारले रक्सी आयातबाट कुल भन्सार शुल्क ५ अर्ब ५१ करोड संकलन गरेको थियो । गत आवको यस्तो शुल्क डेढ अर्बले घटेर ४ अर्ब ६ करोड ६९ लाख रुपैयाँमा सिमित भएको छ । गत आवमा सरकारले विदेशी मुद्रा सञ्चितिमा दबाब पर्न थालेपछि रक्सीको आयातमा रोक लगाएको थियो । आयातमा रोक लगाएका कारण आयत हुने मात्रामा कमी आएको हो

गत आर्थिक वर्षमा विभिन्न ४६ प्रकारका रक्सी आयात भएको भन्सार विभागले जनाएको छ । विभाग अनुसार २ अर्ब ९८ करोड ५३ लाख रुपैयाँ बरावरको ३३ लाख ५६ हजार एक सय ६१ लिटर अलकोहल सहितको पेय पदार्थको आयात भएको छ ।

उक्त आयातबाट सरकारलाई ४ अर्ब ३ करोड ६९ लाख ९० हजार रुपैयाँ राजस्व संकलन भएको हो । गत वर्ष माल्ट वियर, वाइन, हृवीस्की, रम, जिन करोड, भोड्का, गुलियो मदिर र एक्स्ट्रा नेचुरल अल्कोहल लगायत आयात भएको हो ।

गत आर्थिक वर्षमा माल्ट वियर २ करोड ३३ लाख ४५ हजार रुपैयाँ बरावरको ८९ हजार ९ सय ७१ लिटर आयात भएको छ । सो आयातबाट सरकारलाई ४ करोड ६६ लाख ९४ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

त्यसैगरी गत आवमा ४ लाख ७१ हजार ५ सय २६ लिटर विभिन्न प्रकारका वाइन आयात भएको छ । गत आवमा कुल २४ करोड ९१ लाख १५ हजार रुपैयाँ बरावरको वाइन आयत हुँदा सरकारले ४२ करोड ७१ लाख ९० हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

चालु आवमा नेपालमा २ अर्ब एक करोड ९९ लाख रुपैयाँ बरावरको ८ लाख ७९ हजार ७ सय ४३ लिटर हिवस्की आयात भएको छ । ह्वीस्कीको आयातबाट सरकारले २ अर्ब ७६ करोड ४० लाख १९ हजार रुपैयाँ राजस्व संकलन गरेको भन्सार विभागले जनाएको छ ।

 
?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।