रियलमी ११ प्रो सिरिज ५ जी ४८ हजारदेखि


रियलमीले बहु— प्रतिक्षित रियलमी ११ प्रो सिरिज ५ जी नेपाली बजारमा सार्वजनिक गरेको छ । रियलमी ११ प्रो ५ जी र रियलमी ११ प्रो प्लस ५ जी गरी दुई भेरीयन्टहरु नेपाली बजारमा सार्वजनिक गरिएको हो ।

रियलमी ११ प्रो प्लस ५ जी यस वर्षको उत्कृष्ट फ्ल्यागशिप क्यामरा फोन हो जसले फोटोग्राफीमा रुची राख्नेहरुको लागि एउटा नयाँँ स्तर निर्धारण गरिदिएको छ । नयाँँ रियलमी ११ प्रो सिरिज ५जीको क्यामरा मात्र नभएर डिजाइन पनि उत्तिकै दमदार र लक्जरियस रहेको छ ।

प्रसिद्ध ब्रान्ड गुचीका पुर्व प्रिन्ट र टेक्सटाइल डिजाइनर म्याट्टियो मेनोट्टोसँगको सहकार्यमा रियलमी ११ प्रो ५ जी र रियलमी ११ प्रो प्लस ५ जीको डिजाइन गरिएको हो । लन्चमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले नयाँँ रियलमी ११ प्रो प्लस ५जी को डिजाइन र क्यामरामा व्यापक अपग्रेड गरिएको बताए ।

४ गुणासम्म लसलेस जुम सपोर्ट गर्ने इन सेन्सर जुम टेक्न्लोजीले गर्दा रियलमी ११ प्रो प्लस फाइभ जीबाट फोटो खिच्दा टाढाबाट पनि अल्ट्रा हाइ रेजोलुसनको तस्बिर लिन सकिने कम्पनीले जनाएको छ । त्यस्तै यसको नयाँँ अटो जुम फिचरले एक ट्यापमै सेलेक्ट गरिएको एरियालाई स्वतः पहिचान गरेर इन्टेलिजेन्ट तरिकाले आफै एङ्गल मिलाएर जुम गर्छ ।

रियलमी यु आइ ४.० मा चल्ने यस सेटको ब्याट्रि पनि पाँच हजार एमएएच्को छ भने ६७ वाटको सुपरभोक चार्जिङ सपोर्ट गर्छ । रियलमी ११ प्रो प्लस ५ जी १२\२५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ६१ हजार ९९९ रहेको छ । रियलमी ११ प्रो प्लस ५ जी सनराइज बेज र ओएसिस ग्रीन गरी दुईवटा कलर अप्सनहरुमा उपलब्ध छ ।

त्यस्तै रियलमी ११ प्रो प्लस ५ जी ८\२५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ४७ हजार ९९९ रहेको छ । जसको कलर सनराइज बेज र एस्ट्रल ब्ल्याक छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।