सानिमा बैंकको सेयर कारोबारी लक्षित ‘फाइभ इन वान’ खाता

0
Shares

सानिमा बैंकले सेयर बजारमा कारोबार गर्ने लगानीकर्ताहरुलाई लक्षित गर्दै ‘फाइभ इन वान’ खाता सञ्चालनमा ल्याएको छ ।

यसअघि ‘थ्री इन वान’ खाता सञ्चालनमा ल्याएको बैंकले त्यसमा थप परिष्कृत गर्दै ‘फाइभ इन वान’ खाता सार्वजनिक गरेको हो । यस अन्तर्गत ग्राहकहरुले बचत खाता, डिम्याट खाता, शेयर ट्रेडिङ खाता, सि–आस्वा र मेरो सेयरको सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन दिन सक्नेछन् ।

सानिमा बैंकले सानिमा क्यापिटलसँगको सहकार्यमा यो सेवा प्रदान गरेको हो । यस सेवा मार्फत नयाँ तथा पुराना ग्राहकहरुले बैंकको वेवसाइटमा उपलब्ध फाइभ इन वान अनलाइन प्लेटफर्म प्रयोग गरी बचत खाता (नयाँ ग्राहकका लागि), डिम्याट खाता, सि–आस्वा, मेरो शेयर र दोस्रो बजारबाट सेयर खरिद तथा बिक्री गर्ने सेयर ट्रेडिङ खाता सहजै खोल्न सक्नेछन् ।

सानिमा बैंकले ग्राहकहरूलाई सहज र सरल रुपमा डिजिटल शेयर ट्रेडिङ प्लेटफर्म उपलब्ध गराउने उद्देश्यले यो खाता सञ्चालनमा ल्याएको हो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।