सात नयाँ ब्रोकरेज हाउसलाई डिपी इजाजत

0
Shares

सात नयाँ ब्रोकरेज हाउसले सीडीएस एण्ड क्लियरिङ लिमिटेडबाट निक्षेप सदस्य (डिपोजिटरी पार्टिसिपेन्ट–डीपी) इजाजत प्राप्त गरेका छन् ।

डीपी इजाजत पाउने ब्रोकरहरुमा भोले गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, हिमालयन ब्रोकरेज, सन सेक्युरिटिज, मियो सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज र प्रोपर्टी विर्जाड छन् ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट ब्रोकरेज कारोबारका लागि इजाजतपत्र र त्यसपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट सदस्यता प्राप्त गरी कारोबार सञ्चालन गरेको ती ब्रोकरेज हाउसलाई डीपी लाइसेन्स दिइएको हो ।

यसले हालै सञ्चालनमा आएका नयाँ ब्रोकरेज हाउसलाई ग्राहकलाई सेवा विस्तार गर्न सघाउन पुगेको छ । डीपीको इजाजतसँगै नयाँ ब्रोकरेज कम्पनीहरूले आफ्नै कार्यालय मार्फत डीपी सेवा प्रदान गर्न सक्नेछन् ।

सात नयाँ ब्रोकरेज हाउसले सदसइता पाएसँगै डिपी सदस्यको संख्या ८८ पुगेको छ । यसअघि लाइसेन्स प्राप्त डिपोजिटरी पार्टिसिपेन्ट (डीपी) को संख्या ८१ रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।