यती समूहको गोकर्ण फरेस्ट रिर्सोटले ६ महिनामा गर्यो २० करोड आम्दानी

0
Shares

यती समूहको लगानी रहेको गोकर्ण फरेस्ट रिसोर्टले गत आर्थिक वर्ष २०७९/८० को ६ महिनामा २० करोड २० लाख सञ्चालन आम्दानी गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा कुल ३३ करोड ९० लाख सञ्चालन आम्दानी गरेको रिसोर्टले गत आवको ६ महिना अवधिको तुलनामा करिब २० प्रतिशतले आफ्नो आम्दानी वृद्धि गरेको हो ।

रिसोर्टको आम्दानीमा भएको वृद्धिसँगै अन्य वित्तीय सूचांकमा पनि सकरात्मक सुधार देखिएको छ । ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको रिसोर्टको नाफा कुल सञ्चालन आम्दानीको २६ प्रतिशत रहेको छ । जुन अघिल्लो आवमा २३ प्रतिशत थियो ।

त्रिभुवन अन्तराष्ट्रिय एयरपोर्टदेखि ९ किलोमिटरको दूरीमा रहेको रिसोर्ट सहरी क्षेत्रदेखि अलिक टाढा शान्त क्षेत्रमा अवस्थित छ। गोकर्ण जङ्गललाई लिजमा लिएर निर्माण गरिएको उक्त रिर्सोट ४७० एक्कर जमिनमा निर्माण भएको छ । कुल १०० कोठा भएको बुटिक रिसोर्टले गल्फ खेलको सुविधा, घोडचढी र जङ्गल यात्राको सेवा समेत दिँदै आएको छ ।

कम्पनीले ७३ करोड ४८ लाख ७० हजार बराबरको अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि रेटिङ गराएको छ । ६६ करोड ५१ लाख ६० हजार बराबरको दीर्घकालीन कर्जाका लागि रेटिङ एजेन्सी इक्रा नेपालले डबल बी र ६ करोड ९७ लाख १० हजार बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

कम्पनीले आफ्नो कुल सञ्चालन आम्दानीको तुलनामा ३३ करोड बढी कर्जाका लागि रेटिङ गराएको छ । वित्तीय विवरण अनुसार कम्पनीले लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको ८.४ गुणा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।