अपर तामाकोशीले तोक्यो हकप्रद जारी गर्न बुकक्लोज


अपर तामाकोशी हाइड्रोपावरले हकप्रद जारी गर्नका लागि बुकक्लोज मिति तय गरेको छ ।  कम्पनीको असार २८ गते बसेको सञ्चालक समिति बैठकले हकप्रद सेयर बिक्री प्रयोजनका लागि साउन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।

जसअनुसार साउन २५ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्ने छन् । नेपाल धितोपत्र बोर्डले गत असार २२ गते अपर तामाकोशीलाई शतप्रतिशत अर्थात् १:१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद जारी गर्न अनुमति दिइसकेको छ ।

जसअनुसार कम्पनीले प्रति सेयर १०० रुपैयाँको दरले हुने १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नछ । हकप्रद सेयर निष्काशनका लागि नागरिक लगानी कोष र सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।