एफडी मोर्टर्स र कुमारी बैंकबीच कर्जा सम्झौता, डाउन पेमेन्ट बिना नै स्कुटर लिन सकिने


ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रा.लि (एफडी मोर्टर्स) र कुमारी बैंक ली. बीच कर्जासम्बन्धी सम्झौता भएको छ । एफडी मोर्टर्स ब्राण्डका इलेक्ट्रिक स्कुटरहरू किन्न चाहने कुमारी बैंकका ग्राहकहरूलाई सरल र सहज रूपमा कर्जा उपलब्ध गराउने सम्झौता भएको हो ।

दुई पक्षबीच क्रेडिट कार्ड मार्फत शून्य प्रतिशत ब्याज दरमा तीन लाखसम्म डाउन पेमेन्ट बिना नै कर्जा उपलब्ध गराउने गरी सम्झौता भएको छ ।

जस अन्तर्गत कुनै पनि ग्राहकहरूले कुमारी बैंक ली. वा एफडी मोर्टर्सका सोरुमहरुमा गई आवश्यक पर्ने कागजात दिएर १२ महिना देखी १८ महिना सम्मको किस्ता तिरेर इलेक्ट्रिक स्कुटरहरू खरिद गर्न सक्नेछन् । यदि कुनै पनि ग्राहकले कर्जाको भुक्तानी अग्रिम रूपमा गर्न चाहेमा बिना शुल्क भुक्तानी गर्न सक्ने छन् ।

एफडी मोर्टर्सले हाल दुई ओटा मोडेल को इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ । जसमा एफ फाइब को मूल्य २ लाख ६१ हजार ९९९ र एफ फाइब ए को मूल्य २ लाख ९७ हजार ९९९ रुपैयाँ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।