गणपती बनस्पती र नबिल बैंकबीच च्यानल फाइनान्सिङ्ग सम्झौता सम्पन्न

0
Shares

नबिल बैंक लिमिटेडले लक्की ग्रुप अन्तर्गतको खाने तेल प्रशोधन गर्ने उद्योग गणपती बनस्पती लिमिटेडका आधिकारिक डिलर तथा बिक्रेताहरुलाई च्यानल फाइनान्सिङ सुविधा दिने भएको छ ।

मंगलबार राजधानीको एक होटलमा आयोजित कार्यक्रममा गणपती बनस्पती लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष तथा लक्की ग्रुपका प्रबन्ध निर्देशक अमित मोर र नबिल बैंकको तर्फबाट बैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले उक्त सम्झौतामा हस्ताक्षर गरेको थियो ।

सो कार्यक्रममा कम्पनीका तर्फबाट लक्की ग्रुपका अध्यक्ष सतिश कुमार मोर, उपाध्यक्षद्धय श्रवण कुमार मोर र राज कुमार मोर साथै कार्यकारी निर्देशकहरु अनन्ता मोर, क्रषिराज मोर, राजिब मोर र कम्पनीका उच्च पदस्थ कर्मचारीको उपस्थिती थियो भने बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृतहरु मनोज ज्ञवाली, सुजित शाक्य, भुपेन्द्र पाण्डे, कर्पोरेट हेड ज्ञानेन्द्र शाह लगायतका कर्मचारीको उपस्थिति थियो ।

नेपाल गुणस्तर चिन्ह तथा ISO 9001: 2015, 14001:2015 प्राप्त यस उद्योगले सफारी र रामदेब ब्राण्डहरुमा प्रशोधित सनफलावर तेल, सोयाबिन तेल, तोरी तेल र पामोलीन तेल बिक्रि बितरण गर्दै आएकोमा हालै मात्र नेबारी प्लस ब्राण्डलाई पनि बजारमा ल्याएको छ । मेक इन नेपाल स्वदेशी अभियानमा संलग्न, नेपालकै सबैभन्दा ठुलो घिऊ तेल उत्पादन गर्ने यस गणपती बनस्पती सर्वाधिक निर्यातकर्ता भई लगातार तीन पटक सम्म नेपाल उद्योग परिसंघबाट सम्मानित पनि भएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।