विद्युतीय सवारी साधनको प्रयोग प्रोत्साहन र प्रवर्द्धन गर्न प्राधिकरणको र्‍याली

0
Shares

नेपाल विद्युत प्राधिकरणले देशभित्र उत्पादित स्वच्छ हरित ऊर्जाको खपत देशभित्र बढाउनका लागि विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन र प्रवर्द्धन गर्न र्‍याली आयोजना गरेको छ ।

प्राधिकरणले आफ्नो ३८ औं वार्षिकोत्सवको अवसरमा प्राधिकरणले शनिबार विद्युतीय सवारी साधनको प्रयोग र प्रवर्द्धनका लागि जनचेतना मुलुक र्‍याली सम्पन्न गरेको हो । प्राधिकरणको प्रधान कार्यालय रत्पार्कंबाट सुरु भएको विद्युतीय सवारी साधनको र्‍याली माइतीघर, नयाँ बानेश्वर, तीनकुने, सिनामङ्गल, एयरपोर्ट, गौशाला, चावहिल, महाराजगञ्ज, लाजिम्पाट, लैनचौर, दरबारमार्ग हुँदै पुनः रत्नपार्कमा पुगि समापन गरिएको थियो ।

र्‍यालीको उद्घाटन गर्दै उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले देशभित्र उत्पादित विद्युतको खपत बढाउन र स्वच्छ वातावरणका लागि विद्युतीय सामाग्री तथा सवारी साधनको प्रयोगलाई प्रोत्साहन र प्रवर्धन गर्ने नीती सरकारको रहेको बताए । उनले पेट्रोलियम पदार्थको आयात कम गर्न विद्युतीय सवारी साधन र सामग्रीको प्रयोग बढाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नाडा अटोमोबाइल्स एसोसिएसनका अफ नेपालका पदाधिकारीहरु, विद्युतीय सवारी साधनका प्रयोकर्ताहरु लगायतका उपस्थिति थियो । र्‍यालीमा मन्त्री बस्नेत, सचिव घिमिरे, प्राधिकरण सञ्चालक समितिका सदस्यहरु, कार्यकारी निर्देशक लगायत सहभागी भएका थिए ।

प्राधिकरणले सहरी क्षेत्रका लागि विद्युतीय गाडी मात्र किन्ने नीति लिएको छ । पेट्रोल र डिजेलबाट चल्ने गाडीलाई समेत विद्युतीय बनाउने कार्यक्रम अगाडि बढाइएको छ । प्राधिकरणले विद्युत् खपत अझ बढाउन तथा विद्युतीय सवारी साधनलाई प्रोत्साहित गर्न देशभरका विभिन्न ठाउँमा ५१ वटा चार्जिङ स्टेसन निर्माण गरेको छ । थप १३ वटा निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।

त्यस्तै, निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने नीति अनुरुप देशका विभिन्न ठाउँमा १ सयभन्दा बढी चार्जिङ स्टेसन जडान भइरहेका छन् । चार्जिङ स्टेसनको महशुसलमा विशेष सहुलियत प्रदान गरिएको छ । चार्जिङ स्टेसन रहने स्थानसम्म लाइन निःशुल्क निर्माण गरिदिने र २०० केभिएसम्मको विद्युत प्राधिकरणको ट्रान्सफर्मरबाट दिने व्यवस्था गरिएको छ । विद्युतीय सवारी साधनको प्रयोग पनि बढ्दै गएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा चार पाङग्रे सवारी साधन (कार, जिप) २४९ वटा आयात भएकोमा गत आर्थिक वर्षमा ४ हजार ५७० वटा आयात भएको थियो । तीन वर्षमा आयात भएको सवारी विद्युतीय सवारी साधनको सङ्ख्या ६ हजार ६२६ वटा रहेको छ । साथै, ६० वटा विद्युतीय बस आयात भएको छ । तीन वर्षमा ९७९० दुई पाङ्ग्रे सवारी साधन आयात भएको छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।