उजय शाक्य ‘एशियाज मोस्ट एडमायर्ड मार्केटिङ लिडर अवार्डबाट’ सम्मानित


आउटरिच नेपालका संस्थापक उजय शाक्यलाई सीएमओ एसिया अवार्डको १४औं संस्करणमा एशियाज मोस्ट एडमायर्ड मार्केटिङ लिडर’ को सम्मान प्रदान गरिएको छ । शाक्यलाई नेपालको विज्ञापन बजारलाई व्यावसायिक बनाउन उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै संस्थाले सम्मान गरेको हो ।

उक्त कार्यक्रम गत बिहीवार प्यान प्यासिफिक सिंगापुरमा आयोजना भएको थियो । वर्ल्ड फेडेरेसन अफ मार्केटिङ प्रोफेशनल्सबाट समर्थन प्राप्त सीएमओ एसियाले मार्केटिङको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने मार्केटरलाई सम्मान गर्दै आएको छ ।

उजय शाक्यले विगत दुई दशकदेखि विश्वव्यापी ब्राण्डहरुलाई नेपालमा सफलतापूर्वक शुभारम्भ गराउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा संस्थाले प्रशंसा गरेको छ ।

सन् २०१५ मा शाक्यले प्रकाशित गरेको पुस्तक ब्राण्डसूत्रले उनको विशेषज्ञतालाई थप पुष्टि गर्ने बताइएको छ । एशियाभरका प्रतिष्ठित उद्योगीको जमघटमा नियमित उपस्थित रहने शाक्य विज्ञापन तथा ब्राण्डसम्बन्धी पुरस्कारको निर्णायक र वक्ताको रूपमा सक्रिय रहँदै आएका छन् ।

अवार्ड समारोहमा शाक्यले उपभोक्ता र तिनका समस्या समाधानमा मार्केटिङले साथ दिनुपर्नेमा जोड दिए । उनले मार्केटिङमा प्रविधिसँगै मानवीयता पनि महत्त्वपूर्ण हुने बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।