राष्ट्रिय बीमा कम्पनीको सञ्चालक पाठकद्धारा पद तथा गोपनियताको सपथ

0
Shares

राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सञ्चालक समिति सदस्य शंकर राज पाठकले पद तथा गोपनियताको सपथ लिएका छन् ।

पाठकले भदौ १३ मा कम्पनीको सञ्चालक समितिका अध्यक्ष दिनेश उपाध्यायबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । उनले सञ्चालक समितिको सदस्यको रुपमा बुधबार नै पद बहाली गरेको कम्पनी सचिव डा. सृजना पन्तले जानकारी दिइन् ।

पाठक अर्थ मन्त्रालयको प्रतिनधित्व गर्दै कम्पनीमा सञ्चालन बनेका हुन् । नेपाल सरकार अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको च.नं ६६, मिति २०८० साउन २२ को पत्रानुसार अर्को व्यवस्था नभएसम्मका लागि पाठकलाई राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सञ्चालक समिति सदस्यमा अर्थ मन्त्रालयको प्रतिनिधित्व रहनेगरी चयन गरिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।