बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर


बिहीबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३२ रुपैयाँ ७२ पैसा र बिक्री दर १३३ रुपैयाँ ३२ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४२ रुपैयाँ ५३ पैसा र बिक्री दर १४३ रुपैयाँ १७ पैसा रहेको छ ।

आज अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ८७ पैसा र बिक्री दर ८५ रुपैयाँ २५ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । यता बेलायती पाउण्ड आज एकको खरिद दर १६६ रुपैयाँ ५८ पैसा र बिक्री दर १६७ रुपैयाँ ३३ पैसामा कारोबार भइरहेको छ ।

उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४० पैसा र बिक्री दर २८ रुपैयाँ ५२ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ३८ पैसा र बिक्री दर ३५ रुपैयाँ ५४ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९७ पैसा छ भने बिक्री दर १० रुपैयाँ ०२ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।