काठमाण्डौं महानगरपालिकाले शुक्रबार महानगरपालिका र अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरेको छ । काठमाण्डौं–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगरले आज बिदा दिने निर्णय गरेको हो । शोक बिदामा शिक्षण संस्थाहरू भने बन्द नहुने बताइएको छ । वडा अध्यक्ष रिजालको आज बिहान ७ः३० बजे ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो। अस्पतालका अनुसार रिजाललाई भाइरल निमोनियाको संक्रमण देखिएको थियो।
प्रतिक्रिया