श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारको रूपमा वैदेशिक रोजगारीमा श्रमिक पठाउन कोरियासँग श्रम स्वीकृती गरेको भनेर निकालिएको विज्ञप्ती नक्कली भएको बताएको छ ।
मन्त्रालयले बिहीबार सूचना प्रकाशित गर्दै कोरिया सरकारसँग कुनै श्रम स्वीकृती नभएको र भ्रममा नपर्न आग्रह गरेको हो । प्रलोभन देखाइ ठगी भएको पाइएको भन्दै मन्त्रालयले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति नदिइएको मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बताए ।
केही समय पहिले मन्त्रालयका प्रवक्ता घिमिरेको हस्ताक्षरसहितको लेटरप्याडमा मौसमी कामदारको लागि श्रम स्वीकृती दिएको विज्ञप्ती आएको थियो ।
मन्त्रालयले उक्त विज्ञप्ती नक्कली भएको भन्दै हस्ताक्षर लेटरप्याडको दुरुपयोग गरी दुष्प्रचार गर्नेको खोजी भइरहेको जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।
प्रतिक्रिया