काठमाण्डौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम) ले स्नातक, एमफिल, पिएचडी तथा स्वतन्त्र अनुसन्धानकर्तालाई विभिन्न ६ विषयमा अनुसन्धानका लागि प्रस्ताव आव्हान गरेको छ । ड्ब्लुटिओ चियर्स प्रोग्राम र कुसोमको वेब पेजबाट प्रस्तावबारे जानकारी लिन सकिनेछ। अन्तर्गत सेप्टेम्बर १५ सम्मको सयमयीमा तोकेर अनुसन्धानको प्रस्ताव आह्वान गरिएको हो ।
प्रत्येक अनुसन्धानका लागि २ लाख अनुदान प्रदान गरिने कुसोमले जनाएको छ। अनुसन्धानको प्रकृतिअनुसार रकम थप गर्न सकिने कुसोमका रजिस्टार प्राध्यापक डा. अच्युत वाग्लेले जानकारी दिए। कुसोमले गत वर्ष ४ वटा अनुसन्धानका लागि अनुदान दिएको थियो। अनुसन्धान सहायता कार्यक्रम अन्वेषक र विद्यार्थीलाई ड्ब्लुटीओको बहुपक्षीय व्यापार मामिलामा रुचि जगाउनका लागि प्रोत्साहन रहेको कुसोमले जनाएको छ।
यस्तै कुसोमले ‘एआईबी साउथ एशिया कन्फ्रेन्स २०२४’ आयोजना गर्ने भएको छ । दक्षिण एशियाली राष्ट्रहरु (बंगालदेश, भुटान, भारत, माल्दिस, नेपाल र श्रीलंका) को सहभागीता रहने यस कार्यक्रम आगामी वर्ष हुनेछ । कुसोमले यस कार्यक्रमको लागि सहभागीताको लागि एआईबीको साउथ एशियाको वेबसाइटमा रजिष्टर गर्नुपर्ने जनाएको छ । कार्यक्रममा एआईबीका सदस्यले मात्रै भाग लिन पाउनेछन् ।
अगस्ट १९९३ मा स्थापित कुसोम स्नातक कार्यक्रम सुरु गर्ने पहिलो विद्यालय समेत हो । कुसोमले सर्वप्रथम अन्तर्राष्ट्रिय स्तरमा डिजाइन सिद्धान्तमा आधारित मास्टर अफ बिजनेस एडमिनिस्ट्रेशन (एमबीए) कार्यक्रम प्रारम्भ गरेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया