आइपीओ जारी गर्न लागेको मिड सोलु हाईड्रोले डाक्यो साधारण सभा


मिड सोलु हाईड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । भदौ २८ गतेदेखि सर्वसाधारणमा आइपीओ ल्याउन लागेको कम्पनीले असोज १७ गते बुधवार सभा आह्वान गरेको हो ।

कम्पनीको भदौ २१ गते बसेको सञ्चालक समितीको बैठकले मिड सोल हाईड्रोपावर लिमिटेडको रजिष्ट्रेड कार्यालय मध्य बानेश्वरमा सभा आयोजना गर्ने निर्णय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७९\०८० को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने छ । यस्तै सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९\०८० को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान, नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु उपर छलफल गरि पारित गर्ने गर्नुका साथै आर्थिक वर्ष २०८०\०८१ को लागि लेखापरीक्षकको नियुक्त तथा निजको पारीश्रमीक निर्धारण गर्ने छ ।  यस्तै सभाले कम्पनीको नियमावलीको नियम २९ तीन महले बमोजिम संशोधन गर्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ भदौ २०८०, सोमबार  १२ : ४२ बजे