मंगलबार विदेशी मुद्राको विनिमय दर यस्तो छ


नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार मंगलबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा रहेको छ ।

यस्तै आज युरो एकको खरिद दर १४२ रुपैयाँ २४ पैसा र बिक्री दर १४२ रुपैयाँ ८९ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ २२ पैसा र बिक्री दर ८५ रुपैयाँ ६१ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यता बेलायती पाउण्ड आज एकको खरिद दर १६५ रुपैयाँ ८७ पैसा र बिक्री दर १६६ रुपैयाँ ६२ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३६ पैसा र बिक्री दर २८ रुपैयाँ ४९ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ३४ पैसा र बिक्री दर ३५ रुपैयाँ ५० पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९६ पैसा छ भने बिक्री दर १० रुपैयाँ ०१ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ भदौ २०८०, मंगलबार  ०७ : २० बजे