बक्स कलर्भट निर्माण कार्यमा अवरोध नगर्न काठमाण्डौं महानगरलाई उच्च अदालतको आदेश


उच्च अदालत पाटनले काठमाडौ उपत्यका बिकास प्राधिकरणबाट ठेक्का प्राप्त गरी निर्माण भईरहेको बक्स कलर्भट निर्माण कार्यमा अवरोध नर्गन काठमाण्डौं महानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

मालपोत कार्यालयमा दर्ता कायम, अहिले घरसमेत रहेको र त्यहीँ बसोबास गरिरहेको घरजग्गाको सीमानामा रहेको ढलमाथि बनेको एकमात्र निकास बाटो रोक्ने गरि काठमाण्डौं महानगरपालिकाले जबरजस्ती डोजर लगाई ढल खोल्ने कार्यलाई उच्च अदालत पाटनले रोक लगाएको हो ।

उच्च अदालतका न्याधिसद्धय दुर्गा बहादुर बिश्वकर्मा र अमृत बहादुर बस्नेतको सयुक्त इजलासले यस्तो आदेश दिएको हो । उच्च अदालतले दिएको आदेशमा भनिएको छ काठमाण्डौं महानगरपालिकाले आनि गुम्बा देखि आराम्भ चोकसम्म समेत तथा बक्स कन्र्भटको सरोकारवाला तथा बिनियोजित बजेट समेत प्रभाबित भई निबेदकहरुलाई अपुरणिय क्षति हुने देखिदा प्रस्तुत निबेदनको अन्तीम टुङ्को नलागेसम्म निबेदकहरुको बासस्थान तथा हाल चालु रहेको बक्स कलर्भट निर्माणको कार्यलाई अवरोध हुने गरी कुनै पनि अनधिकृत काम कार्यान्यन नगर्नु नगराउनु भनि अन्तरिम आदेश दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २६ भदौ २०८०, मंगलबार  ११ : २३ बजे