किओचलाई आनी छोइङ डोल्मा फाउन्डेसनको १ करोड ८० लाख सहयोग


काठमाण्डौमा अस्पताल भवन निर्माणका लागि गैरनाफामूलक संस्था काठमाण्डौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई आनी छोइङ डोल्मा फाउन्डेसनबाट आज १ करोड ८० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

यस परियोजनाअन्तर्गत पहिलो अस्पताल किओच–दमक बाल अस्पताल कोशी प्रदेश, झापा जिल्लाको दमकमा स्थापना भई सेवा शुरु भएको छ । यस अस्पतालबाट बहिरङ, आकष्मिक, अन्तरंग, प्रयोगशाला, रेडियोलोजी, पिआइसियु, एनआइसियु, एचडियु लगायतका सेवा प्रदान गरिएको छ भने शल्यकृया सेवाका लागि मोडुलर अपरेसन थिएटरको निर्माण सम्पन्न भई सेवा सुरु हुने चरणमा रहेको छ ।

सेवा सुरु भएको ४ महिनामा यसले बहिरंग सेवाअन्तर्गत ८ हजार ३०० तथा अन्तरंग सेवाअन्तर्गत १ हजार ८५० भन्दा वढी बालबालिकालाई पु¥याएको सेवा र सेवाग्राहीबाट प्राप्त सकारात्मक प्रतिक्रिया प्रोत्साहनजनक रहेका छन् ।

काठमाण्डौको बुढानिलकण्ठ नगरपालिका–७ मा ‘हब’ अस्पतालका रूपमा बहुबिशिष्टिकृत बाल अस्पताल किओच–काठमाण्डौ बाल अस्पतालको निर्माण कार्य सुरु भई जग निर्माणको कार्य जारी रहेको छ। अस्पतालको मूल भवनको निर्माण कार्य जारी रहँदा बिरामी बालबालिकालाई सेवा प्रदान गर्ने कार्य सुरु गर्न र बाल स्वास्थ्य तथा नसर्ने रोगहरुका सम्बन्धमा अनुसन्धान अघि बढाउनका लागि क्लिनिकल रिसर्च बिल्डिङ निर्माणको अन्तिम चरणमा पुगेर फिनिसिङको कार्य भइरहेको छ ।

यी सम्पूर्ण कार्य गर्नका लागि संघीय सरकार, प्रदेश सरकार, काठमाण्डौ महानगरपालिकालगायतका स्थानीय सरकार, व्यापारिक घराना, वित्तिय संस्थाहरु, अन्य स्वदेश तथा विदेशका संघसंस्था र व्यक्तिहरुबाट आर्थिक तथा जिन्सी सहयोग प्राप्त भइरहेको संस्थाले जनाएको छ ।

नेपालको कुल जनसंख्याको ३६ प्रतिशतभन्दा वढि संख्यामा रहेका बालबालिकाहरूलाई सुलभ रुपमा गणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने तथा बाल स्वास्थ्यका विषयमा अनुसन्धान गर्ने उद्देश्यले गैर नाफामूलक संस्थाका रूपमा काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) को स्थापना भएको हो । काठमाण्डौमा बहुबिशिष्टिकृत बाल अस्पताल तथा देशको सबै प्रदेशमा भाैितक संरचनासहितका स्याटेलाइट बाल अस्पताल संचालन गर्ने यस इन्स्टिच्युटको लक्ष्य रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २६ भदौ २०८०, मंगलबार  ११ : ४८ बजे