आइसरको ग्राहक भेला कार्यक्रम सम्पन्न


आइसर ३०१५ जे एचएसडी ग्राहक भेटघाट कार्यक्रम नेपालगन्जमा सफलतापूर्वक सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा ५० जनाभन्दा बढी ग्राहकहरूको सहभागिता रहेको थियो । सहभागीले आइसर ३०१५ जे एचएसडी मोडेलका फिचर र सकारात्मक पक्षहरूबारे जानकारी लिए । भेलामा सहभागीले गाडीको शक्तिशाली इन्जिन, माइलेज र उच्चस्तरीय सुरक्षा सुविधाजस्ता प्रभावकारी फिचरहरूका बारेमा जान्न पाएकोमा खुसी व्याक्त गरे ।

प्रिमियम नेक्स्ट जेनेरेसन लेबल उत्पादन रहेको आइसर ३०१५ जे एचएसडी बाट तुलात्मक रूपमा ५–८ प्रतिशत अतिरिक्त माइलेज पाउनुको साथै लामो यात्रामा रेस्टको लागि गाडी भित्र नै सिल्पर क्याबिन रहेको जानकारी दिए । साथसाथै २७ प्रतिशत उकालोमा सजिलै आइसर ३०१५ जे एचएसडी मोडेलको गाडीले १०.३ टन भार बहन गर्न सक्ने बताए ।” बतास एम ए डब्लूका प्रडक्ट म्यानेजर ठाकुर कुमार गाहले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।