नेशनल लाईफ इन्स्योरेन्सको ‘स्मार्ट मोबाईल एप’

0
Shares

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले स्मार्ट मोवाईल एपको सुरुवात गरेको छ । कम्पनीले अभिकर्ता, ग्राहक एवं सर्वसाधारणहरुलाई लाई सहज र सरल तरिकाले थप सेवा सुविधा उपलव्ध गराउने उदेश्यले एपको सुरुवात गरेको हो ।

कम्पनीले काठमाण्डौमा आयोजना गरेको एक विशेष कार्यक्रममा अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले कम्पनीको स्मार्ट मोवाइल एपको शुभारम्भ गरिज् । मोबाइल एपको शुभारम्भ गर्दै अध्यक्ष सिंहले कम्पनीले सुरु गरेको यस स्मार्ट मोवाईल एपबाट आफ्ना अभिकर्ता तथा बीमितहरुले घरबाटै बीमालेख सम्वन्धि सम्पूर्ण जानकारी प्राप्त गर्नसक्ने भएकोले कम्पनीको विश्वसनियतामा अझ वृद्धि हुने विचार व्यक्त गरे ।

यसैगरी प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले अभिकर्ता सञ्जाललाई व्यवसायिक बनाउन थप लगानी गर्ने प्रतिबद्धता अनुरुप कम्पनीले स्मार्ट मोबाईल एप लञ्च गरेको र एपको माध्यमबाट अभिकर्ता तथा ग्राहकहरुले डिजिटलाइजेसनको मार्फत छिटो छरितो कार्य सम्पादन गर्न सक्ने बताए ।

स्मार्ट एपको विशेषताका बारेमा कम्पनीका सहायक महाप्रबन्धक प्रज्वल सायमीले विस्तृत जानकारी गराउँदै एपबाट अभिकर्ताले आफ्नो लगायत सञ्जालको व्यवसाय साथै आफ्ना बीमितहरुको बीमालेख सम्बन्धमा आवाश्यक जानकारी प्राप्त गर्न सकिने र एप मार्फत नै आफ्ना बीमितहरुलाई सम्पर्क गरी बीमालेख व्यतित हुनबाट जोगाउन सक्ने व्यवस्था रहेका बारे जानकारी गराए ।

यसैगरी कम्पनीका बीमितहरुले एप मार्फत बीमाशुल्क नवीकरणका सूचना प्राप्त गर्न सक्ने र एप मार्फत नै नविकरण बीमाशुल्क डिजिटल भुक्तानी गर्न सक्ने एवं सर्वसाधारणहरुले पनि कम्पनीका बारेमा विविध महत्वपूर्ण सूचनाहरु प्राप्त गर्ने लगायतका धेरै विशेषताहरु एपमा रहेको जानकारी गराएका थिए ।

कार्यक्रममा सहभागि अभिकर्ताहरुले एपको माध्यमबाट सहज रुपमा घरै बसी धेरै कार्य गर्न सकिने भएको हुँदा आगामी दिनमा बीमा व्यवसाय प्रवद्र्धनमा अझ बढि सहयोग मिल्ने धारण राखेका थिए ।  कार्यक्रममा, देशैभरी रहेका प्रदेश एवं शाखा कार्यालयका प्रमुखहरु र बरिष्ठ अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।