विशाल श्रेष्ठ मार्की प्लेयरको रूपमा एफ सी चितवन क्लबमा आबद्ध

0
Shares

नेपाल सुपर लिग (एनएसएल) फुटबलको आउँदो सिजनका लागि नेपालको राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ मार्की प्लेयरको रूपमा एफ सी चितवन क्लबमा आबद्ध भएका छन् ।

गेम वान प्राली अन्तर्गतको एफ सी चितवन क्लबका अध्यक्ष सचिन ढकाल र गोलकिपर विशाल श्रेष्ठ बिच यो आबद्धतामा सहमति भएको हो ।

नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिगको रूपमा रहेको नेपाल सुपर लिग (एनएसएल) मङ्सिर ८ देखि पुस १४ गते सम्म दशरथ रङ्गशाला काठमाण्डौंमा आयोजना हुँदैछ ।

एनएसएलमा नेपालका ९ वटा फ्रेन्चाइज टिमहरू एफसी चितवन, काठमाडौँ रेजर्स, ललितपुर सिटी एफसी, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, विरगन्ज युनाइटेड, झापा एफसी र स्पोर्टिग इलाम टिमले प्रतिस्पर्धा गर्दै छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।