स्मार्ट बैंक माछापुच्छ्रे २४ औं वर्षमा प्रवेश 


स्मार्ट बैंकको रुपमा स्थापित भएको माछापुच्छ्रे बैंकले २३ औं वर्ष पार गरी २४ औं वर्षमा प्रवेश गरेको छ । २३ वर्षअघि पोखरामा क्षेत्रीयस्तरको बैंकको रुपमा स्थापना भएको माछापुच्छ्रे हाल देशकै अब्बल र स्मार्ट बैंकको रुपमा चिनिएको हो । 

दुई दशक भन्दा लामो यात्रामा ग्राहकको अटूट विश्वास तथा माया, नियमकारी निकायको मार्गदर्शन, शेयरधनी सदस्यको भरोसा, कर्मचारीको अतुलनीय योगदानले सम्भव भएको बैंकले जनाएको छ । २३ वर्ष पूरा गरी २४ औँ वर्षमा प्रवेश गरेको अवसरमा बैँकले २० वर्ष भन्दाबढी निरन्तर सेवागरिरहेका कर्मचारीहरुलाई सम्मान गरेको छ । बैंकका अध्यक्ष डा. उपेन्द्र महतोले आगामी दिनहरूमा पनि अझ गुणस्तरीय बैंकिङ्ग सेवा दिंदै थप उत्कृष्ट सुविधाहरू प्रदान गर्ने बताए । उनले बैँकको संस्थागत सुशासनको महत्व मनन गरि थप सबल बनाउने बताए । 

बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले स्मार्ट बैंक भन्ने मूल नारासाथ डिजिटल इकोनोमिकमा प्रभावकारी भूमिका खेल्दै आइरहेको बताए । बैंकले आजको दिनसम्म पुग्दा आफूलाई स्मार्ट बैंकको रुपमा स्थापित गर्न सफल भएको उनको दावी छ । स्मार्ट तरिकाबाट ग्राहकहरूको चाहना तथा आवश्यकता बमोजिम नवीनतम, विश्वस्तरीय, भरपर्दो तथा गुणस्तरीय सेवा प्रदान गर्दै समस्त राष्ट्रको आर्थिक विकासमा टेवा पुर्‍याउन निरन्तर लागि पर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । 

बैंकले आफ्नो २३ औं वार्षिकोत्सवको अवसरमा विभिन्न क्यासब्याक तथा अफरहरू ल्याएको छ । क्यास ब्याकको सुविधा बैंकले प्रदान गर्दै आएको डिजिटल सेवा सुविधाहरू एमबीएल एम स्मार्ट, डेबिट तथाक्रेडिट कार्ड) बाट लिन सकिने बैंकले जनाएको छ । 

यस अफर अन्तर्गत २ जना भाग्यशाली फेनपे मर्चेन्टले सामसुङ ट्याब्लेट, एक जना भाग्यशालीले ५०० रुपैयाँको क्यासब्याक प्रत्येक दिन पाउन सक्नेछन् । साथै बैंकको एक जना ग्राहकले एमबिएलएम स्मार्टबाट फोनपे बिल्स माफर्त बिल भुक्तानी गर्दा निःशुल्क इन्टरनेट प्याकेज पाउन सक्नेछन् । यी अफरहरू आश्विन १५ देखि आश्विन ३०,२०८० गते सम्म मात्र कायम रहने बै.कले जनाएको छ । 

साथै बैंकका ग्राहकले दराज मार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २३ प्रतिशत सम्मको क्यासब्याक ५२३ र ७२३ रुपैयाँ, नेपाल पे क्यूआर मार्फत भुक्तानी गर्र्दा २३ प्रतिशत सम्मको क्यासब्याक २२३ रुपैयाँ, सीटी टेकको ३ जना फिनपोस मर्चेन्टले प्रतिदिन ५२३ रुपैयाँको रिचार्ज कार्ड, सीजी डिजीटल तथा सेलट्रोनले १ भाग्यशाली मर्चेन्टलाई सीजी टिभिसेलट्रोन मार्फत अनर फोन पाउन सक्नेछन्  र मोको मार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्र्दा २३ प्रतिशत सम्मको २३० रुपैयाँ क्यासब्याक उडान टिकटमा र एक भाग्यशाली विजेताले टपअपमा ५० रुपैयाँ पाइरहेको बैंकले जनाएको छ । यी अफरहरू आश्विन ०१ गते देखि सुरु भएकोमा आश्विन १७ मा समाप्त हुनेछन् ।

बैंकले देशका७ वटै प्रदेशमा १६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ वटा एटिएम मार्फत १५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवाप्रदान गर्दै आइरहेको छ । आगामी दिनहरूमा ग्राहकको चाहना अनुसार अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री सुविधामा जोड दिने जनाएको छ । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।