शाइन रेसुङ्गाको लाभांश घट्यो

0
Shares

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले अघिल्लो आर्थिक वर्षको तुलनामा घटाएर लाभांश प्रस्ताव गरेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा बैंकको लाभांश ३ प्रतिशत बिन्दुले घटेको हो ।

असोज २३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ११ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । घोषणा गरिएको लाभांशमध्ये चुक्ता पुँजीको १०.५० प्रतिशत बोनस सेयर र बोनसको कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगद लाभांश रहेको छ ।

सञ्चालक समितिकाे बैठकले गत आवसम्म कायम वितरणयोग्य मुनाफा ४७ करोड ७२ लाख ७९ हजार ५७२ रुपैयाँबाट ४७ करोड ३४ लाख ८१ हजार ८२८ रुपैयाँ ८२ पैसा लाभांशकाे रूपमा वितरण गर्ने प्रस्ताव गरेको हो । जसमध्ये ४४ करोड ९८ लाख ७ हजार ७३७ रुपैयाँ ३८ पैसा बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि २ करोड ३६ लाख ७४ हजार ९१ रुपैयाँ र ४४ पैसा नगद लाभांश रहेको छ ।

अघिल्लो आव २०७८/७९ बाट बैंकले चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस सेयर र बोनसको कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश बाँडेको थियो ।

गत आर्थिक वर्षको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीलाई वितरण हुनेछ ।

हाल बैंकको चुक्ता पुँजी ४ अर्ब २८ करोड ३८ लाख ८३ हजार २१३ रुपैयाँ १६ पैसा रहेको छ । प्रस्तावित ४४ करोड ९८ लाख ७ हजार ७३७ रुपैयाँ बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ४ अर्ब ७३ करोड ३६ लाख ९० हजार ९५० रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।