लक्ष्मी सनराइज बैंकले ल्यायो क्यासब्याक योजना


लक्ष्मी सनराइज बैंकले दशैँलाई लक्षित गरी विभिन्न अफरहरु सहित ‘दशैँ आयो’ योजना ल्याएको छ । दशैँको उपलक्ष्यमा अझ उत्साह र रमाईलो थप्न यो योजना ल्याएको बैंकले जनाएको छ । 

असोज १८ देखि कार्तिक ३० गतेसम्म लागू हुने यस योजना अन्तर्गत लक्ष्मी सनराइज बैंकको मोबाइल मनि, डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोगमा विभिन्न प्रकारका क्यासब्याक प्राप्त गर्न सकिनेछ ।

 पहिलो अफर ’घुम्न जाउँला’ मा लक्ष्मी सनराइज बैंकको मोबाइल मनि प्रयोग गरी बस र हवाई टिकट खरिद गर्दा क्रमशः २५० रुपैयाँ र ५०० रुपैयाँको क्यासब्याक पाउन सकिनेछ । यो अफर असोज १८ गते देखि कात्तिक ९ गते सम्म लागु हुनेछ भने क्यासब्याक प्राप्त गर्नका लागि मोबाइल मनि मार्फत टिकट काट्नुका साथै सो अवधि भित्र कुनै एक बिल भुक्तानी पनि गर्नु पर्नेछ ।

अर्को अफर ’शपिङ्ग गरौँला’ मा भाटभटेनी सुपरमार्केटमा सामान खरिद गरी क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १०% वा बढीमा १ हजारसम्मको क्यासब्याक पाउन सकिनेछ। सो योजना असोज २७ गते देखि कात्तिक ३ गते सम्म लागू रहनेछ।

यसै गरी ‘खाउँला पिउँला’ योजनामा असोज् २८ गते देखि कात्तिक १२ गते सम्म फुडमान्डु एप बाट अर्डर गरी लक्ष्मी सनराइज बैंकको डेबिट\क्रेडिट कार्ड वा मोबाइल मनिबाट अन्लाइन भुक्तानी गर्दा प्रति दिन प्रति व्यक्ति २०% वा बढीमा २०० रुपैयाँसम्म क्यासब्याक पाउन सकिनेछ ।

यसै अफर अन्तर्गत केएफसी तथा पिज्जाका कुनै पनि आउटलेटमा डेबिट कार्ड वा क्रेडिट कार्ड को ’ट्याप एण्ड पे’ फिचर प्रयोग गरी भुक्तानी गर्दा प्रति दिन प्रति व्यक्ति २०% वा बढीमा ५०० रुपैयाँसम्म क्यासब्याक पाइने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।