दसैं विदाको ९ दिनपछि आजदेखि सेयर बजार खुल्दै

0
Shares

नेपालीहरुको महान चाड बडा दसैंको समाप्तीसँगै आइबारदेखि सेयर बजार खुला हुँदैछ । दसैँको ९ दिन विदापछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) आइतबार खुल्दै छ ।

दसैंअधिको अन्तिम कारोबार दिन कार्तिक २ गते बिहीबार नेप्से परिसूचक ४.०५ अंकले बढेर १९०३.८४ विन्दुमा अडिएको छ । उक्त दिन कारोबारमा आएका २८४ कम्पनीको ३७ लाख ६६ हजार कित्ता सेयर किनबेच हुँदा ९७ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, कारोबारमा १३ वटा सूचकमध्ये लगानी, बैंकिङ, सामूहिक लगानी र अन्य समूहको सूचक सामान्य बढेको थियो । बाँकी घटेका थिए । दसैंअघिको सातामा चार दिन सेयर कारोबार हुँदा नेप्से १.५६ प्रतिशत अर्थात २९.२४ अंक बढेको थियो । यो साता सेयर बजार बुलस भएको खण्डमा नेप्सेको प्रतिरोध १९५० देखि १९८० सम्म रहेको देखिएको छ भने वियरिसमा गउको खण्डमा १८१० देखि १८४० को क्षेत्रमा टेवा क्षेत्र रहेको देखिकन्छ ।

सरकारको निकायको नजर सेयर बजारमैत्री बन्न नसक्दा पछिल्लो सयम बैंकिङ्ग प्रणालीमा अधिक तरलताकाबीच पनि सेयर बजारमा वियरिस प्रवृत्ति हाबी नै छ । यसअघिका वर्षहरुमा लाभांश सिजनमा सेयर बजार बुलिस बन्ने गरेकोमा यो वर्ष बैंकिङ्ग प्रणालीमा अधिक तरलताकाबीच पनि नेप्सेको यात्रा ओरालो रहेको छ । हालसम्म नेप्सेमा सूचीकृत करिब तीन दर्जन संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरिसकेका छन् । यद्यपी लगानीकर्तालाई सूचीकृत कम्पनीको लाभांशले समेत आकर्षण गर्नसकेको छैन ।

राष्ट्र बैंकले मार्जिन प्रकृतिको एकल ग्राहक कर्जामा लगाएको सीमाको दायरा व्यक्तिगततर्फत ३ र संस्थागततर्फत ८ करोडले वृद्धि गरेर क्रमशः १५ करोड र २० करोड कायम गरेपनि उक्त संसोधित व्यवस्थाप्रति लगानीकर्ता सन्तुष्ट बन्न सकिरेहका छैनर ठूला लगानीकर्ताले नै नोक्सानीमा रहेर सेयर बजारबाट खबौं पुँजीकरण गुमाईरहेको अवस्थामा बजारमा नयाँ लगानीकर्ताको प्रवेश हुन सकेको छैन । यस्तै अर्कोतर्फ नेपला धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले धमाधम नयाँ कम्पनीलाई नयाँ सार्वजनिक निष्कासन अनुमति दिएका कारण पनि सेयर बजारमा आपूर्ति उल्लेख्य रुपमा बढेको छ भने नयाँ माग सिर्जना हुन सकेको छैन । पुराना लगानीकर्ता नै भएको लगानी निकाल्न लाग्दा बजारमा नयाँ लगानीकर्ता लगानी थप्न डराइरहेको अवस्था छ । सोही कारण सेयर बजार दबाबमा देखिन्छ ।

दसैंअघि ‘पर्ख र हेर’ को अवस्थामा रहेका लगानीकर्ताहरु अब कसरी प्रस्तुत हुन्छन् सोही आधारमा अबको बजार अगाडि बढ्नेछ । चाडबाडमा भएको खर्च बैंकिङ्ग प्रणालीमा थपिँदा त्यसले अर्थतन्त्रसँगै सेयर बजारलाई पनि चलायमान बनाउने अपेक्षा लगानीकर्तामा छ । यसको सकारात्मक असर अबको बजारमा पर्नसक्ने सम्भावना रहेको लगानीकर्ताहरु बताउँछन् । बैंकको ब्याजदर घट्दै गएको र अझै धेरै कम्पनीहरुको लाभांश घोषणा हुन बाँकी रहेकाले पनि बजार बढ्ने लगानीकर्ताको आंकलन छ । गत वर्ष दसैँपछि कारोबार खुलेको पहिलो दिनमा नेप्से सूचक ४४.६२ अंकले बढेको थियो । सो समयमा नेप्से सूचक १८९८ दशमलव ३८ विन्दुमा थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।