वाणिज्य बैंक कर्मचारी संघले गर्यो योगदानकर्ता कर्मचारीलाई सम्मान


राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले ६७ जना पूर्व पदाधिकारीहरुलाई सम्मान गरेको छ । संघको स्थापना, विकास, विस्तार तथा गरिमा बृद्धिमा उच्च योगदान गरेका बैंकको सेवाबाट निवृत्त भएका कर्मचारी संघका ६७ जना पूर्व पदाधिकारीहरुलाई दोसल्ला तथा सम्मानपत्र सहित सम्मान तथा बिदाइ गरिएको हो ।

पेशागत महासंघ नेपालका अध्यक्ष एवं नेकपाका केन्द्रीय सदस्य विश्वनाथ प्याकुरेलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमको अध्यक्षता राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष हेमराज सुेवेदीले गरेका थिए । कार्यक्रममा विभिन्न विषयका विद्धानहरुको लेख समेटिएको संघको मुखपत्र लक्ष्ययात्रा २०७६ को विमोचन समेत गरिएको विज्ञप्तिमा उल्लेख छ । त्यसै गरी पेशागत हक, हित तथा सस्थाको सम्बद्र्धनका बिषयमा छलफल गरी विषयहरु उठान गरिएको थियो ।