नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा भुकम्प प्रभावित क्षेत्रका लागि ५० लाख सहयोग


नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले भुकम्प प्रभावित क्षेत्रमा ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकले कात्तिक १७ गते शुक्रबार राति जाजरकोट जिल्ला केन्द्रबिन्दु भई गएको भुकम्पबाट प्रभावितलाई ५० लाख सहयोग गर्ने भएको हो ।

बुधबार बैंकको संचालक समितिको बैठकले जाजरकोट भूकम्पबाट प्रभावितहरुको राहतका लागि सामाजिक उत्तरदायित्व अन्तर्गतमा रहेर सहयोग गर्ने निर्णय गरेको थियो । यो रकम बैंकले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्घार कोषमा जम्मा गर्ने बताएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।