एनआईसी एशिया बैंकको डिजिटल भुक्तानीबाट फुडमाण्डूमा ३० प्रतिशत छुट


अनलाइन फूड फेस्टिवलमा छुट उपलब्ध गराउने सम्बन्धमा एनआईसी एशिया बैंक र फूडमाण्डूका बिचमा सम्झौता भएको छ । फूडमाण्डूको फूड फेस्टिवलमा एनआईसी एशिया बैंक बैकिङ साझेदार हुने सम्बन्धमा सम्झौता गरिएको एनआईसी एशिया बैंकले जनाएको छ ।

सम्झौता अनुसार फूडमाण्डूको अनलाइन फूड फेस्टिवल २०२० मा बैंकको मोबाईल बैकिङ एप प्रयोग गरी क्यू आर कोड मार्फत् भुक्तानी गर्दा बैंकका ग्राहकले ३० प्रतिशत छुट पाउने छन् ।

यो अफर पुस २१ गतेदेखि पुस २७ गतेसम्म लागू हुने बैंकले जनाएको छ । साझेदारी अनुसार बैंकका ग्राहकले फुडमान्डुबाट आफुलाई ईच्छा लागेको खानेकुरा अर्डर गर्दा मोबाइल बंैकिङ्ग प्रयोग गरी भुक्तानी गर्नु पर्ने हुन्छ ।