नक्कली नोटसहित दुई जना महिला पक्राउ


नक्कली नोटसहित दुई जना महिला पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका ७ कोलागाल डेरा गरी बस्ने सिन्धुपालचोक जलविरेकी ४९ वर्षीया सिर्जना थापा र बुढानिलकण्ठ नगरपालिका १२ कपन डेरा गरी बस्ने ओखलढुंगा कुईवीर गाउँपालिका ४ की ४१ वर्षीया मैया कुमारी घिमिरे हुन् ।

सिर्जनाको साथबाट १ हजार दरको १ सय ४० थान र कुमारीको साथबाट १ हजार दरको २१ थान नक्कली नोट बरामद भएको छ । सिर्जना र मैया कुमारीले नक्कली नोटको कारोबार गर्ने गरेको भन्ने सूचनाको आधरमा प्रहरी प्रभाग साँखु र प्रहरी प्रभाग कपनको प्रहरीले शंखरापुर नगरपालिका ७ कोलागालबाट सिर्जनालाई सोमबार राति र प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले मैया कुमारीलाई बुढानिलकण्ठ नगरपालिका १२ कपन निलोमाईक्रो पार्क नजिकबाट सोमबार साँझ पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।