आशा लघुवित्तको संस्थापक सेयर बिक्रीमा


आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले ८७ हजार १४ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त संस्थापक सेयरमा आम सर्पसाधारणले आवेदन दिन पाउने छैनन् । लघुवित्तले नेपाल राष्ट्र बैंकको संस्थापक शेयरधनीहरुलाई नै पहिलो प्राथमिकता दिनुपर्ने व्यवस्था अनुसार संस्थापक सेयरधनीलाई नै प्राथमिकता दिइएको छ ।

संस्थापक सेयरमा आज मंसिर ११ गतेदेखि ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरी वित्तीय संस्थाको केन्द्रीय कार्यालय, बनेपा – १३, काभ्रेपलान्चोकमा आवेदन दिनु पर्ने छ । आवेदकले आफुले खरिद गर्ने शेयर मुल्य तथा संख्या खुलाई निवेदन दिनु पर्ने छ ।

३५ दिनभित्र संस्थापक सेयरधनीबाट आवेदन नआएमा प्रचलित नियमानुसार अन्य कम्पनी व्यक्तिलाई सेयर विक्री गर्न आवश्यक कारवाही अघि बढाईने लघुवित्तले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।