प्रधानमन्त्री दाहाल दुबईमा, यस्तो छ कार्यक्रम


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा भाग लिन संयुक्त अरब इमिरेट्सको दुबई पुगेका छन्।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही बिहीबार बिहान उनी दुबई पुगेका हुन् । प्रधानमन्त्री दाहालल बिहीबार राजधानी आबुधाबीमा रहेको नेपाली दूतावासको अवलोकनका साथै नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रम रहेको छ । साँझ नेपाल उद्योग वाणिज्य महासंघ दुबई चेम्बरद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन्।

कोप–२८ मङ्सिर १४ देखि २६ गते सम्म दुबईमा हुँदैछ। प्रधानमन्त्री दाहालले डिसेम्बर १ र २ तारिख (मंसिर १५ र १६) गते आयोजना हुने ‘कोप २८–विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम रहेको छ। यस्तै प्रधानमन्त्री दाहालले डिसेम्बर २ तारिख अर्थात मंसिर १६ मा उच्चस्तरीय सत्रमा राष्ट्रिय वक्तव्य दिनेछन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।