एट्टिक रेष्टुरेष्ट, सिटी एक्सप्रेस ग्रुप अफ कम्पनीज र सिटी वालेटबीच सम्झौता

0
Shares

नेपालको हस्पिटालिटी व्यवसायमा आफ्नो छुट्टै पहिचान बनाउन सफल एट्टिक रेष्टुरेष्ट, सिटी एक्सप्रेस ग्रुप अफ कम्पनीज र सिटी वालेटबीच बिहीबार एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा एट्टिक रेष्टुरेन्टकी बिजनेस डेभलपमेन्ट हेड रश्मिता विष्ट र सिटी एक्सप्रेस ग्रुप अफ कम्पनीजका तर्फबाट सिटी वालेटका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले हस्ताक्षर गरेका छन् ।

सम्झौतामा दुबै कम्पनीले आफ्ना कर्मचारी र ग्राहकलाई उचित मूल्यमा उच्च गुणस्तरीय सेवा उपलब्ध गराउने उल्लेख छ । साथै सिटी एक्सप्रेस ग्रुप अफ कम्पनीजको मान्यता प्राप्त ग्राहकलाई एट्टिक रेष्टुरेन्टमा १० प्रतिशत छुट दिइनेछ । दुबै कम्पनीले आगामी दिनमा सञ्चालन गर्ने सामाजिक कार्यहरुमा एकअर्काको प्रवद्र्धन गर्ने र दुई पक्षबीच हातेमालो गरी अघि बढ्ने सहमति गरेका छन् ।

“नेपाली वित्तीय क्षेत्रको एक प्रतिष्ठित संस्थासँग मिलेर काम गर्न पाउँदा हामी खुसी छौं । आगामी दिनमा एक अर्काले आयोजना गर्ने कार्यक्रममहरुमा पनि सहकार्य हुने आशा गर्दछु, मलाई आशा छ कि यो सहकार्यले हाम्रा ग्राहकहरूलाई एकै ठाउँमा उभ्याउनेछ” सम्झैतापत्रमा हस्ताक्षर गरेपछि एट्टिक रेष्टुरेन्टका बिजनेस डेभलपमेन्ट हेड रश्मिता विष्टले बताइन् ।

सिटी एक्सप्रेस ग्रुप अफ कम्पनीजले चाँडै नै सिटी वालेट नामक प्रतिस्पर्धात्मक डिजिटल वालेट सेवा सुरु गर्दैछ । सिटी वालेट बजारमा आएपछि ग्राहकवर्गलाई आगामी दिनमा आर्थिक कारोबारमा सहज हुने अपेक्षा गरिएको छ । कर्पोरेट बैठकहरूको लागि एटिक रेष्टुरेष्ट सदैव पहिलो गन्तव्य भएको हो । सिटी ग्रुपले ग्राहकहरूलाई पैसाको कारोबार गर्न सजिलो बनाउन सिटी वालेट सेवा सुरु गर्दैछ र उनीहरूलाई आजको बजारमा उपलब्ध उत्कृष्ट सेवाहरू प्रदान गर्नेछ,” सिटी वालेटका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले बताए । सन् २००९ मा स्थापना भएको काठमाडौंको ज्ञानेश्वर अवस्थित एट्टिक रेस्टुरेन्टले स्थापना कालदेखि उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।