सञ्चार मन्त्रालयले भन्यो- एनसेल खरिदबिक्रीमा अनियमिता पाइए कारबाही हुन्छ


सरकारले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्री प्रक्रिया कुनै अनियमिता भएको पाइएमा सम्बन्धित सबैलाई कारबाहीको दायरामा ल्याइने जनाएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विज्ञप्ति मंगलबार जारी गर्दै नेपाली र नेपालीको हित संरक्षण गर्न तथा प्रचलित कानुनको पालना गर्न\गराउन सरकार प्रतिबद्ध रहेको बताएकी हुन् ।

सरकारले एनसेलको शेयर खरिदबिक्रीका सम्बन्धमा प्रचलित कानुनी प्रावधान तथा अन्तर्राष्ट्रिय विधि र प्रक्रियाको पालना एवं यस्ता क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा सरकारको राजस्वलगायत विषयमा पर्ने प्रभावका बारेमा विस्तृत अध्ययन तथा छानबिन गर्ने मन्त्री शर्माले बताइन् । 

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका स्वीकृति नलिई र नियामकलाई जानकारीसमेत अस्वभाविक प्रावधान र मूल्यमा भएको देखिने उक्त कारोबारका सम्बन्धमा अध्ययन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार नै सम्बन्धित निकायलाई निर्देशन दिइसकेको मन्त्री शर्माले उल्लेख गरेकी छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।