उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलास बाँकेमा कार्यरत टाइपिस्ट नायब सुब्बा कृष्ण कुमार पाठक तीन लाख घुस रकम सहित रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले पाठकलाई सेवाग्राहीसँग तीन लाख घुसबापतको रकम लिँदै गर्दा बैशाख २१ गते पक्राउ गरेको हो ।
पाठकले अदालतमा विचाराधीन मुद्दामा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग तीन लाख घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्यिारको टोलीले अनुसन्धान प्रकृया अगाडि बढाएको थियो।
अख्तियारको टोलीले पाठलाई चारबाहिनी चोकस्थित लयर्स च्याम्बरबाट नियन्त्रणमा लिएको थियो। । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ।
प्रतिक्रिया