हिमालयन एभरेष्ट इन्स्योरेन्सले नेपाल पुनर्बीमाको २० लाख कित्ता सेयर बिक्री गर्दै

0
Shares

हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको २० लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।

कम्पनीले सेयर बिक्रीका लागि मंगलबार सार्वजनिक सूचना जारी गरेको छ । कम्पनीले जारी गरेको सूचना अनुसार मङ्सिर २६ गतेदेखि ३५ दिनभित्र आवेदन दिन सकिने छ ।

कम्पनीले सो सेयरको मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकेको छ । कम्पनीले न्यूनतम १ लाख कित्तादेखि अधिकतम २० लाखसम्मका लागि आवेदन दिन सकिने जनाएको छ ।

कम्पनीले पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीहरूलाई दिइने जानकारी गराएको छ । कम्पनीले थापागाउँस्थित केन्द्रीय कार्यालयमा आवेदन दिन सकिने जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।